Logo

पोखरामा धनराज १५५७ मतले अगाडी, कसले कति मत ल्याए



पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले १५५७ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार एकीकृत समाजवादीका आचार्यले १० हजार १५७ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ८६ सय मत ल्याएका छन् भने राप्रपाका शंकर खरालले ११ सय ३१ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाट १० हजार ५ सय २१ मतसहित अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ७६३ मत ल्याएकी छिन् । राप्रपाका उम्मेदवार रन्जना पौडेलले ९८८ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot