Logo

वीरगञ्ज महानगरमा जसपाका सिंहको ५३०९ मतको अग्रता



वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ५३०९ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सिंहले ८१ सय ३१ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले ३६ सय २२ मत ल्याएर दोस्रो स्थानमा छन् भने राप्रपाका गिरीश गिरीले २७३ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ५४ सय २३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पुरुषोत्तमत झाले ९१० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ५९३ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot