Logo

भरतपुरमा रेनुलाई २५० मतान्तरको अग्रता



चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन दलको साझा उम्मेदवार रेनु दाहालले २५० मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाको विवरण अनुसार नेकपा माओवादीकी दाहालले ६७ सय ९४ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले ६५ सय ४८ मत प्राप्त गर्दा स्वन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३ सय ०९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८९ सय २० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५३ सय ९६ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot