Logo

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, सुवेदी १ हजार ११९ मतले पछि



काठमाडौं, जेठ ४ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्।

वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ११२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्। उनले १० हजार ७७४ मत ल्याएका छन्।

अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ६ हजार ४५४ मत प्राप्त गरेकी छन्। अहिले भरतपुर ६ नम्बर वडाको मतगणना जारी छ। यस वडामा अध्यक्षमा भने एमाले अगाडी छ।



प्रतिक्रिया दिनुहोस्