Logo

पोखरामा धनराज १८४५ मतले अगाडी, उपप्रमुखमा रानाभाटको अग्रता



पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १८ सय ४५ मतान्तरले अग्रता लिइरहेका छन् ।

गठबन्धनका साझा उम्मेदवार आचार्यले १४ हजार ३६२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १२ हजार ५१७ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले १४ सय ८३ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनले १४ हजार ६८५ मत ल्याएकी छिन् भने उनलाई पछ्याउदै एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २७५ मत ल्याएकी छिन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले १२ सय ६३ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot