Logo

नेपालगञ्ज उपमहानगरमा गठबन्धनको दोब्बर मतको अग्रता



नेपालगञ्ज, ४ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार प्रशान्त विष्टले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले १३ हजार ५४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३९७ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका नन्दलाल वैश्यले ५ हजार ३४५ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा जसपाका कमरुद्दीन राईले १० हजार ८४१ मत ल्याएर अग्रता कायम गर्दा राप्रपाका बिन्दु चर्ति मगरले ६ हजार ९७१ मत ल्याएका छन् । यसैगरी, उपमेयरमा नेकपा एमालेका शान्तिदेवी ढकालले ६ हजार ७९ मत ल्याएकी छिन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्