Logo

भरतपुर अपडेट : विजय सुवेदीलाई १७१२ मतले पछि पार्दै रेनु दाहाल



भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १७ सय १२ मतान्तरले अगाडी छिन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी दाहालले ९ हजार ९७० मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै राप्रपाकी हिमला गुरुङले ६ हजार ६६८ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot