Logo

बानेश्वरमा सिलिण्डरमा आगो लगाएर भाग्ने ४ जना पक्राउ



काठमाडौं, ४ जेठ । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन बिहान बानेश्वरस्थित संसद भवन अगाडी विस्फोट गराउने समुह पक्राउ परेका छन् । चुनावको दिन बिहान २ बजेतीर सिलिण्डर बम विस्फोट गराइएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (सिवादी)का ४ जना  कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरत कुमार राई रहेका छन् ।

नेकपा (सवादी)का चार जनाको समुहले ग्यास सिलिण्डर किनेर सिलिण्डरबाट ग्यास लिक गराएर डस्नाले छोपेर पेट्रोल छर्किएर आगो झोसेर हिडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot