Logo

जगन्नाथ पौडेलको वडामा मतगणना सुरु, रेनु दाहालको अग्रता कायमै



भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १८ सय ५२ मतान्तरले अगाडी छिन् ।

१ देखि ६ सम्म सकाएर अहिले पौडेलको वडामा गन्न सुरू गर्दा पनि माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार ४४९ मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५९७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै राप्रपाकी हिमला गुरुङले ६ हजार ९९२ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot