Logo

माओवादीको विरोधपछि धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध



विराटनगर, ४ जेठ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतगणनाको परिणाममा असन्तुष्टि जनाएपछि धरान उपमहानगरपालिकाको मत गणना अबरुद्ध भएको छ ।

माओवादीका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएपछि गणना रोकिएको हो ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८ हजार ४६ मत सहित अग्रता लिइरहेका छन् भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ७९९६ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot