Logo

बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेस विजयी



बारा, ८ जेठ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुन: विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन ।

निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुन: दाेहाेरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् ।

कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot