काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् ।
आज विहानसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले ५१ हजार ११२ मतसहित अग्रता कायमै राखेकी छन् । त्यस्तै, एमाले(राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् ।
उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन् ।