Logo

ललितपुर प्रमुखमा चिरीबाबु १५ हजार बढी मतले अगाडी, उपप्रमुखमा बज्राचार्यको अग्रता



ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका महर्जनले ३६ हजार ९३८ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २१ हजार ७६८ मत ल्याएका छन् । महर्जन व्यञ्जनकारभन्दा १५ हजार १७० मतान्तरले अगाडी छन् ।

राप्रपाका अष्टबहादुर महर्जनले ४ हजार ४८ मत प्राप्त गर्दा विवेकशीलका उज्वलकृष्ण श्रेष्ठले ७४७ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्यले २१ हजार ७०८ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् भने उनलाई पछ्याँउदै नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १५ हजार ८३९ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ६ हजार ८१६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot