Logo

भावी आइजीपीको मार्ग खोल्ने गरी डिआइजीको दौडमा को को



काठमाडौं, १० जेठ । नेपाल प्रहरीमा डिआइजी बढुवाका लागि एसएसपीहरुको दौडधूप तिव्र बनेको छ । प्रहरीको अहिलेको नियमावली कायमै रहेमा अब बढुवा हुने डिआइजीमध्येबाट ९ महिनापछि आइजीपी बढुवा हुनेछ । यसकारण पनि डिआइजी बढुवामा नम्बर १ मा पर्न एसएसपीहरुबीच दौडधूप तिव्र बनेकोहो ।

१७ वटा डिआइजीको दरबन्दीमा २७ एसएसपीबीच प्रतिष्पर्धा देखिएको हो । जसमध्ये पहिलो लटमा १३ र दोस्रो लटमा १४ जनाको बढुवा भएको थियो ।

डिआइजी बढुवाको दौडमा सन्दीप भण्डारी, दीपक थापा, टेकप्रसाद राई, भीम प्रसाद ढकाल, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ र वसन्त बहादुर कुँवर छन् । उनीहरु पहिलो लटमा एसएसपीमा बढुवा भएका हुन् ।

दोस्रो लटमा बढुवा भएकामध्येबाट दुर्गा सिंह, विष्णुकुमार केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, रवीन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेलका अलावा गत वर्ष एसएसपीमा बढुवा भएका कृष्णकुमार महत, उमाशंकर पञ्जियार, गोविन्दकुमार साह, अर्जुन चन्द्र ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, डिल्लीराज पन्त, मधुसुदन लुइँटेल, विकासराज खनाल र मोहन प्रसाद पोखरेल दौडमा छन् ।
एसएसपीहरु शक्ति केन्द्रमा धाउने क्रम बढेको छ । उनीहरु जसरी पनि पहिलो नम्बरमा परेर बाजी मार्ने दाउमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot