Logo

पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले काम रोक्यो



एजेन्सी, ११ जेठ । पाकिस्तानबाट चीनमा धातु निर्यात गर्ने एक चिनियाँ कम्पनीले काम रोकेको छ । उक्त कम्पनीले बेइजिङमा तामा, एल्मुनियम र फलाम निर्यात गर्दै आएको छ ।

ग्वादार शहरमा रहेको एच के सन्स कम्पनीले काम रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । कम्पनीले यूरोपलगायत देशहरुबाट मेशिनरी सामानको आयात पनि गर्दै आएको थियो ।

कम्पनीले बलोचिस्तानमा तामा, एल्मुनियम र प्लास्टिक रिसाइकल गरी उत्पादन चीनमा पनि पठाउँदै आएको थियो । पछिल्लो समय कम्पनीले चिनियाँ कामदारहरु फिर्ता पठाएको छ । काममा समस्याहरु आउन थालेपछि कम्पनीले काम रोकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot