Logo

प्रधानसेनापति शर्माले अमेरिका भ्रमण गरेपछि देउवा पनि जाने



काठमाडौं, १३ जेठ । प्रधानसेनापति प्रभुराम शर्मा असारको दोस्रो हप्ता अमेरिका जाने भएका छन् । उनको भ्रमणको तयारी भइरहेको बुझिएको छ । तर, भ्रमणबारे औपचारिक मिति खुलाइएको छैन ।

शर्मा अमेरिकामा महत्वपूर्ण भेटहरु गर्ने बुझिएको छ । उनले भ्रमणको निम्तो भने पाइसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शर्माको भ्रमण पछि अमेरिका जाने बुझिएको छ । पछिल्लो समय नेपालको अमेरिकासँग सम्बन्ध निकै सुदृढ भएको छ । देउवा प्रधानमन्त्री बनेपछि एमसीसी सदनबाट पारित भएको छ । अमेरिकी सहयोग निकाय युएसएआइडीले थप सहयोग घोषणा गरेको छ ।

अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । सांसदहरुको अहिलेसम्मकै ठूलो टोली नेपाल आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot