Logo

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा



काठमाडौं, जेठ १४। राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीको सजाय माफी गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको कैद मिनाह गरेकी हुन् । मन्त्रिपरिषद्ले २०७९ जेठ १५ गते कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot