Logo

देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन् । अमेरिकी सरकारको निमन्त्रणमा देउवाले असारको अन्तिमतिर भ्रमण गर्ने भएका हुन् । भ्रमणको तयारी दुवैतर्फबाट भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

३० देखि ३२ असारसम्म देउवाको भ्रमण हुने विश्वस्त स्रोतले जानकारी दिएको छ । देउवाले अमेरिकाको भ्रमणमा विदेशमन्त्री एन्थोनी ब्लिकेनलाई भेट्ने बुझिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि देउवाको भेटवार्ता हुने सक्ने बुझिएको छ ।

देउवाले यसै वर्ष हुने संयुक्तराष्ट्रसंघको महासभामा भाग लिनेछन् । त्यसका लागि पनि उनी अमेरिका जानेछन् । तर, असारमै उनी अमेरिका पुगी महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ ।

देउवा प्रधानमन्त्री बनेपछि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पनि सदनबाट पारित भएको छ ।

यसैगरी, प्रधानसेनापति प्रभुराम शर्मा पनि अमेरिका भ्रमणमा जाने भएका छन् । उनी देउवाको भ्रमणपूर्व नै अमेरिका जाने तय भएको छ । यसको पनि औपचारिक घोषणा हुन बाँकी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot