Logo

पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै



एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् ।

शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके डन पत्रिकाको रिपोर्टमा उल्लेख छ । गरिबीको रेखामुनी रहेकाहरुलाई अनुदान कायम राखेर धनीहरुलाई हटाउने नीति अनुसार काम थालिएको बताए । अनुदान दिंदा गरिबसँगै धनीले पनि पाउने गरेकोमा प्रश्नहरु उठेका छन् ।

गरिबहरुको संरक्षण गर्न अनुदान कायमै रहने योजना ल्याइने मलिकले बताए । विद्युत महशुल कति बढ्छ भन्ने अनुमानहरु पनि हुन थालेका छन् ।

यसैगरी, पाकिस्तानमा विद्युत संकट बढेको छ । त्यहाँ १२ घन्टा लोडसेडिङ्ग छ । २६ हजार मेगावाट विद्युतको माग भइअआएकोमा साँढे १९ हजार मेगावाट मात्र आपूर्ति गर्न सकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot