Logo

घरमा कोही नभएको मौकामा महिला बलात्कृत



पाल्पा, १५ जेठ । 22 वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह बस्ने ३१ वर्षीय श्याम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती महिलाको घरमा गई कोही नभएको अवस्थामा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, मोरङ, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनपालथान गाउँपालिका–५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot