Logo

तारा एयरको विमान दुर्घटनाः दिनभरको खोजी प्रयास व्यर्थै



काठमाडौं, जेठ १६ । पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन (एनएईटी) विमान आइतबार बिहान दुर्घटना भएको छ । चालक दलका ३ र १९ यात्रुसहित उडेको विमान कहाँ दुर्घटना परेको हो भनी यकिन हुन सकेको छैन । खोजी कार्यमा चौतर्फी रूपमा शक्ति प्रयोग भए पनि सोमबार रातिसम्म विमान भेटाउन सकिएको छैन ।

मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटमाथिको मानापाथी हिमाल फेदीमा विमान फेला परेको सूचना उद्धारमा खटिएको नेपाली सेनाको टोलीलाई दिए पनि यस’दयगत पुष्टि हुन सकेको छैन । स्थानीयको भनाइ पछ्याउँदै गएको सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेपछि सेनाले स्थलमार्गबाट त्यसतर्फ टोली पठाएको पठाएको छ ।

आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट उडेको विमान केही समयमै सम्पर्कविहीन भएको थियो । १०ः१७ मा अवतरण गर्ने भनिएकोमा सो विमान १० ः११ पछि सम्पर्कविहीन भएको हो ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १०ः११ सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्क टुटेको जनाए । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना थिए । विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा थिए ।

यात्रुका रूपमा वसन्त लामा (पाइलट), वैसवी बान्देकर, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मैकी ग्रिन ग्राफ, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र युवे विलनर हुन् ।

जसमा एयर होस्टेजसहित नौ जना महिला थिए । १९ यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिक थिए । पाइलट वसन्त लामा काठमाडौं निवासी हुन् । सात जना धनुषा थिए भने चार जना गोरखा जिल्ला घर भई हाल काठमाडौं बस्दै आएका थिए । अर्का एक जना नेपाली ओखलढुंगाका हुन् । उनी जर्मन नागरिक लिएर टे«किङ गाइडका रूपमा हिँडेका थिए ।

विमान हराएपछि तत्काल खोजीकार्य सुरु भएको हो । जोमसोम विमानस्थलबाट फिस्टेल एयर र पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रमा खोजीका लागि निस्केको थियो । सुरुवातमा जोमसोमबाट उडेको फिस्टेल विमान मौसम खराबीले फर्केको थियो । पछि नेपाली सेनाको हेलिकोप्टर मध्यकमान्ड पोखराका कमान्डपति उपरथि बाबुराम श्रेष्ठ नेतृत्वमा निस्केको थियो ।

उपरथी श्रेष्ठका अनुसार सेनाको हेलिकोप्टर मौसम खराबका कारण त्यहाँ पुग्न अवतरण हुन नसक्दा स्थलमार्गबाटै टोली त्यसतर्फ खटाइएको छ । साथै सोमबार थप उद्धारका लागि अर्को टोली पठाइनेछ । आइतबार दिउँसो जोमसोमबाट फिस्टेल एयरको विमान हराएको भनिएको सम्भावित क्षेत्र न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी क्षेत्रतर्फ गएको थियो ।

खोजीमा मौसम भने बाधक बनेको थियो । तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोली (हिमाली क्षेत्रका आरोही) लाई पठाइएको छ । पोखरा विमानस्थलबाट कैलाश एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना लोकेट ९पहिचान० स्थान मानापाथी हिमाल फेदीनजिक उनीहरूलाई छोडेर फर्केको छ ।

टोलीमा ६ जना शेर्पा छन् । दुर्घटना लोकेट भएको स्थानभन्दा उनीहरूलाई पैदल यात्रामा ३÷४ घण्टा टाढा छोडिएको हो । आरोही आइतबार राति नै सकेसम्म दुर्घटना भएको भनिएको स्थानमा जाने छन् । त्यहाँ उनीहरूले राति टेन्ट गाडेर बास बस्ने तारा एयरलायन्स पोखराले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot