Logo

खाद्यान्न अभाव हुने अवस्था आएपछि रुसबाट २० लाख मेट्रिकटन गहुँ किन्दै पाकिस्तान



एजेन्सी, १६ जेठ । पाकिस्तानले रुसबाट नगदमै २० लाख मेट्रिकटन गहुँ किन्ने भएको छ । आर्थिक प्रतिबन्धले व्यापारमा समस्या भोगिरहेको पुटिन सरकारसँग पाकिस्तानले संवाद गरी गहुँ किन्ने टुंगो लगाएको हो ।

द एक्सप्रेस ट्रिबुन पत्रिकाको रिपोर्टमा पाकिस्तानको मुख्य आर्थिक कमिटीले गहुँ खरिदको निर्णय गरेको छ । गहुँ खरिद गर्दा कतिपय करहरु मिनाहा हुने उल्लेख छ । पाकिस्तानको अर्थ मन्त्रालयले सरकार सरकारबीचको सम्झौता अनुसार गहुँ किन्ने जानकारी गराएको छ ।

सामान आदानप्रदानबाट रुसले कतिपय देशसँग व्यापार गर्न खोजिरहेको छ । पाकिस्तानसँग पनि त्यही सहमति बनेको चर्चा चलेपनि नगदै किन्न लागेको उल्लेख छ । गहुँ किन्ने भएपनि रुसलाई कसरी रकम तिर्ने भन्नेबारे भने पाकिस्तानले काम गर्न बाँकी नै रहेको ट्रिबुनले लेखेको छ ।

पाकिस्तान खाद्य संकटमा पर्ने खतरामा छ । आवश्यकताभन्दा कम गहुँ रहेका कारण पाकिस्तानले तत्काल अन्न आयात गर्नुपर्ने अवस्था बनेको हो । पाकिस्तानमा चिनी, चीया, खाने तेल र दालको पनि अत्यावश्यक भइसकेको उल्लेख छ ।-Representative Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot