Logo

निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन निर्देशन



काठमाडौं, १६ जेठ । संसदीय समितिले निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई चाडै अघि बढाउन समितिले निर्देशन दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot