Logo

गायक सिद्धुको शरीरबाट २४ गोली भेटिए, अन्तिम श्रद्धान्जलीका लागि पैतृक घरमा शव राखियो



एजेन्सी, १७ जेठ । चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको आज अन्तिम संस्कार गरिने भएको छ । यसका लागि दिउँसो १२ बजेको समय तोकिएको छ । उनको अन्त्येष्टिका शवयात्रा बिहान ११ बजे हुनेछ । हाल उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि उनको जन्म गाउँ मनसामा राखिएको छ ।  फ्यानहरूको ठूलो भीड त्यहाँ पुगेको छ। उनको शव मंगलबार बिहानै परिवारलाई बुझाइएको छ ।

मुसेवालाको आइतबार साँझ जवाहरकेमा गोली हानी हत्या भएको थियो । पाँच चिकित्सकको बोर्डले हिजो उनको पोस्टमार्टम गरेको थियो । उनको शरीरबाट चिकित्सकले २४ वटा गोली फेला पारेका छन् । उनको टाउको, खुट्टा, छाती र पेटमा गोली लागेको छ । मुसेवालाको देब्रे फोक्सो र कलेजोमा गोली लागेको छ । जसका कारण अत्यधिक रक्तश्रावका कारण उनको घटनास्थलमै मृत्यु भएको आशंका गरिएको छ ।

सिद्धु मूसेवालाको हत्यापछि उनको ठूलो संख्यामा फ्यान मुसा गाउँ पुगेका छन् । यसैलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । भटिण्डा रेन्जका आईजीपी पीके यादव र भटिण्डाका एसएसपी जे. मानसाका एसएसपी गौरव तुरासँगै एलचेजियनलाई मानसामा क्याम्प गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै मुसेवालाको शव रातभर अस्पतालको शवगृहमा राखिएको थियो ।

अब मूसेवाला हत्या प्रकरणको अनुसन्धान उच्च अदालतका वर्तमान न्यायाधीशले गर्नेछन् । पञ्जाब गृह सचिव अनुराग वर्माले पञ्जाब र हरियाणा उच्च अदालतका रजिस्ट्रारलाई पत्र लेखेका छन्। मूसेवालाका बुबा बलकौर सिंहले यस्तो माग गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot