Logo

एमालेले आज संसदमा संकल्प प्रस्ताव पेस गर्ने



काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे संसदमा दर्ता गरेको संकल्प प्रस्ताव आजको बैठकमा पेस गर्ने भएको छ ।

आज ११ बजेलाई बोलाइएको प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता संकल्प प्रस्ताव एमालेले बैठकमा पेस गर्ने भएको हो ।

पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पेस गर्ने र सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राप्रपाका राजेन्द्र लिङदेनले समर्थन गर्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot