Logo

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)



काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो ।

विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटाएको हो ।

यसैगरी, मालबाहक सवारीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

यस्तो छ नयाँ भाडादर



प्रतिक्रिया दिनुहोस्