Logo

ओलीको राजीनामा मागेका घनश्याम भुसालमाथि कारबाहीको तयारी



काठमाडौं, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका उक्त दलका एक नेतामाथि कारबाहीको तयारी भएको छ । एमालेभित्र विचारको नेताका रुपमा स्थापित घनश्याम भुसालमाथि कारबाहीको तयारी भएको हो ।

एमाले अनुशासन आयोगले कारबाहीको प्रक्रिया बढाएको हो । उनीमाथि सुरुमा स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेपछि कस्तो कारबाही हुने टुंगो लाग्ने बुझिएको छ ।

भुसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनमा ओलीलाई दोषी देखाएका छन् । उनले हिमालय टेलिभिजनमा अन्तवार्ता दिदै ओलीको राजीनामा मागेका थिए ।

पार्टी हितविपरित बोलेको भन्दै भुसाललाई कारबाहीको तयारी भएको छ । भुसाल ओलीका कटु आलोचक हुन् । एमालेभित्र भुसालका अलावा भीम रावललगायत ओलीविरोधी नेताहरुमाथि समेत कारबाहीको तयारी भएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot