काठमाडौं, २३ जेठ । नेपाल बिधार्थी संघका नेता ई.भुवन भट्टले काठमाडौंको सडकमा अस्तव्यस्त थुप्रिएका फोहर तत्काल व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
भट्टले आज सामाजिक सञ्जाल फेसबुकमार्फत फोहोरका डुंगुरले महामारी फैलाउने भन्दै तत्काल आपतकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ने.वि.संघ महानगरपालिका, प्रदेश र संघिय सरकारलाई अनुरोध गर्दछौ । हामी स्वयंसेवकको भुमिका निर्वाह गर्न तयार छौ । काठमाडौंका सडकहरुमा फोहोरका डुंगुर थुप्रिएका छन् । सडकमा अस्तव्यस्त थुप्रिएको फाहोरले वातावरण प्रदुषण भई महामारी फैलाउने अवस्था आइसक्यो ।’
उनले फोहारेरले ठुलो संकट ल्याउने भन्दै सबैले राजनीति र दल भन्दा माथि उठेर तत्काल फोहोरको आपतकालिन व्यवस्थापन गुर्नपर्ने धारणा राखेका छन् । सबैले हातेमालौ गरौ,पर्यावरण र जनताको स्वास्थको सुरक्षानै मुख्य कुरा भएको उनको ठहर छ ।
फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि सरोकारवाला निकाय र जनताबिच प्रभावकारी समन्वय गरि समस्याको सामाधान निकाल्न अपरिहार्य रहेको उनले बताएका छन् ।
फाहोरको व्यवस्थापनका लागि महानगरपालिकाले प्रदेश र संघिय सरकारसँग समन्वय गरि अन्तरास्ट्रिय टेक्नोलोजी प्रयोगमा ल्याउन क्ष्लअष्लभचबतयच खरिद प्रक्रिया अगाडि बढाएर घरघर बाटै धबकतभ क्भनचभनबतष्यल उचयअभकक ायिियध गराउनका लागि आवश्यक नियम,कानुन बनाउन तर्फ उद्धत हुन सम्बन्भित सबैलाई सुझाज दिएका छन् ।