Logo

पतिलाई डोरीले बाँधी गर्भवती पत्नीमाथि सामूहिक बलात्कार



एजेन्सी, २३ जेठ । पाकिस्तानको पञ्जाब प्रान्तमा गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । हतियारसहित घरभित्र पसेर ती महिलामाथि सामूहिक बलात्कार भएको डेली पाकिस्तानले लेखेको छ ।

झेलम शहरमा भएको घटनामा पाँच जना संलग्न रहेको उल्लेख छ । समाचार अनुसार पीडितका पतिलाई डोरीले बाँधेर पत्नीमाथि बलात्कार भएको हो ।

घटनापछि गर्भवती महिलाको स्वास्थ्य परीक्षण भएको छ । ती महिलाबारे केही उल्लेख गरिएको छ ।

गत महिना कराँचीमा २५ वर्षीया महिलामाथि गुडिरहेको रेलमा बलात्कार भएको थियो । घटनामा टिकट जाँचकर्तासहित ३ जना पक्राउ परेका थिए ।

पाकिस्तानमा बलात्कारका घटना बढेको रिपोर्ट छ । पञ्जाबमा मात्र विगत ६ महिनामा २ हजार ४३९ महिलामाथि बलात्कार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot