Logo

माधव नेपालसँग झलनाथ खनाल किन फायर भए



काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट भएका छन् । पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे गरेको निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपालले नसकेको भन्दै खनाल रुष्ट बनेका छन् ।

भोलि विहान अध्यक्ष नेपालसँग यसबारेमा एक्लाएक्लै भेटवार्ता गर्ने र कुराकानी गर्ने निधो गरेको खनालले जनाए । पार्टीले मन्त्रीहरु फिर्ता गर्ने र नयाँ मन्त्रीहरुको नाम सिफारिश गरिसकेको अवस्थामा पनि नयाँ मन्त्रीहरु नियुक्त नगरिएको भन्दै माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री देउवासँग रुष्ट बनेका छन् । मन्त्रीहरु फेरबदल गर्ने निर्णय पार्टीको भएको भन्दै यसमा अन्य दलको कुरा मान्य नहुने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot