Logo

सरकारमा सहभागी हुनेगरि लोसपाको तयारी, प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र



काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुन तयारी थालेको छ । आज मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरका नेतृत्वमा आज नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

नागरिकता विद्येयकदेखि जेलबन्दीमा रहेकाहरुकोसम्मको रिहाई माग राखेर ११ बुँदे ज्ञापनपत्र बुझाएको लोसपा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। गत शनिबारदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा समेत सरकारमा सहभागी हुनेबारे छलफल चलेको थियो ।

अध्यक्ष ठाकुरले गैरसांसदलाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, अधिकांश सांसदहरुले भने गैरसांसदलाई मन्त्री बनाउन नहुने अडान राखेका छन् । प्रधानमन्त्री देउवा पनि तत्कालै लोसपालाई सरकारमा सहभागी गराउन चाहन्छन् । यसबारेमा उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल थालिसकेको बताईएको छ ।

लोसपाका नेताहरु आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग लिएर आज देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा पुगेका हुन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरु ज्ञापनपत्र बुझाउन पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot