Logo

जसपाको समिक्षा बैठकमा कुटाकुट



काठमाडौं, २५ जेठ । गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी धनुषाको बैठकमा कुटाकुट भएको छ ।

लक्ष्मीनियामास्थित होटल ढावामा भएको बैठकमा कुटाकुट भएको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव पनि उपस्थिति थिए ।

कुटाकुट हुँदा ३ जना कार्यकर्ता घाइते समेत भएका छन् । सबैला नगर अध्यक्ष वैधनाथ रायले चुनावमा आफुलाई केही समुहले अन्तरघात गरेको आरोप लगाएपछि एक समुहले कुट्न सुरु गरेको हो ।

कुटपिटमा सम्लग्नहरुलाई बैठकबाट बाहिर निकालेपछि अवस्था शान्त भएको थियो ।



प्रतिक्रिया दिनुहोस्