Logo

सुनिलबहादुर थापाको दाबी : संघीय संसद्को निर्वाचनमा कांग्रेसले १०० भन्दा बढि सिट जित्छ (भिडिओसहित)



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि यही गठबन्धन कायम रहने बताएका छन् । उनले शीर्ष नेताहरु पनि संघ र प्रदेशको निर्वाचनमा यही गठबन्धन कायम गरेर जानेमा एकमत रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा आएको संकटलाई पार लगाउनको लागि नै पाँच दलीय गठबन्धन बनेको स्मरण गराए । उनले अहिलेपनि कांग्रेस एक्लै चुनाव लड्न बलियो रहेको सुनाए । उनले नेपालमा गणतन्त्र ल्याउनको लागि कांग्रेस र माओवादी केन्द्रको ठूलो हात रहेको सुनाए । एमाले नेतृत्वले सरकारमा हुँदा संविधान तहसनहस बनाउनको लागि प्रयत्न गरेको उनको आरोप थियो ।

उनले कांग्रेस कुनैपनि हालतमा कमजोर नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नको लागि कम्युनिष्टहरुसँग सम्झौता गरेको भन्नु सर्वथा गलत हुने टिप्पणी गरे । उनले आगामी संसद्को निर्वाचनमा कांग्रेसले १०० सिटभन्दा बढि जित्ने पनि दाबी गरे । विहानीले दिनको संकेत गर्छ भनेजस्तै स्थानीय तहको निर्वाचनको परिणामले पनि अबको संसद्को निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा बढि जित्ने थापाको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot