Logo

छोरासँग कुरा गरेपछि पब्जी हत्याकाण्डमा तेस्रो व्यक्ति भएको दाबी



एजेन्सी, २९ जेठ । लखनउको प्रसिद्ध पब्जी हत्याकाण्डका आरोपी १६ वर्षीय छोराले पब्जीलाई घटनाको काल्पनिक पक्षको रूपमा वर्णन गरेका छन्।

बाल कल्याण समितिले अभियुक्त बालकको ३ घण्टासम्म काउन्सिलिङ गरेको गर्दा घटनामा तेस्रो व्यक्ति पनि भएको दाबी गरिएको छ ।
बालकले घटनाबारे सोध्दा उनले एकपटक पनि आमाको हत्या गरेको बताएनन् । उनले आमाको मृत्युमा आफूलाई कुनै पश्चाताप नभएको चाँही भन्न पुगे ।

आमा साधनाले छोरालाई पब्जी खेल्नबाट रोकेपछि रिसाएर आमाको हत्या गरेको प्रहरी र परिवारले बताएका छन् । समितिको अनुसार बालक जिद्दी र महत्वाकांक्षी हुनुका साथै संवेदनशील पनि थिए । यही कारण घरमा आमाको शव र १० वर्षीया बहिनीको चिन्ताले उनलाई सताएको थियो । उनी आफैं खाना पकाएर खुवाउने गर्थे र गम्भीरतापूर्वक उनको हेरचाह गर्दै थिए। अपराधी मानसिकता भएको भए बहिनीको हत्या गरेर घरबाट भाग्न पनि सक्थे ।

सीडब्लुसीको प्रतिवेदनमा सामान्य मानिसलाई तीन दिनसम्म शवसँगै बाँच्न गाह्रो भएको उल्लेख छ । १६ वर्षको छोराले हिम्मत गरेको भए १० वर्षकी छोरीले कुनै पनि हालतमा यो अवस्था सामना गर्न सक्ने थिएनन् । त्यसबेला तेस्रो व्यक्ति पनि भएको हुनसक्ने सम्भावना छ । जसमा बच्चाहरू धेरै भर पर्छन्। त्यो तेस्रो पात्र धेरै चलाख छ। त्यसको तल्लो तहसम्म पुग्न बालबालिकाको काउन्सिलिङ भइरहेको छ ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले घटनाको पछाडि पब्जीमात्र कारण नभएको बताएको छ । मृतक साधना, छोरा र बाबुको कल डिटेल्स निकाल्ने काम भइरहेको छ । घटनाका अन्य पक्षहरुको अनुसन्धान भइरहेको छ ।
आरोपित बालकले प्रहरीलाई जे पनि भनिरहेका छन् । घटनासँग सम्बन्धित हरेक बिन्दुमा अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्