Logo

एसपीपीको नक्कली मस्यौदा कस्ले फैलायो



काठमाडौं, २ असार । अमेरिकी सैन्य साझेदारीसम्बन्धी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको मस्यौदा भनिएको एउटा पत्र निकै चर्चामा आयो । यसबारे सदन देखि सडकसम्म चर्चा र बहस चल्यो । तर, उक्त मस्यौदा नक्कली भएको खुलस्त भएको छ ।

नक्कली मस्यौदामा देशव्यापी बहस गरेर राष्ट्रका जिम्मेवार निकायका व्यक्तिहरुले समेत समय खेर फाले । यसको चिरफार भयो र नक्कली ठहरियो ।

एसपीपीको उक्त नक्कली मस्यौदा चुहाउन राष्ट्रपति कार्यालयको एउटा निकाय नै दुरुपयोग भएको बुझिएको छ । राष्ट्रपतिको सञ्चार कार्यालय नै नक्कली मस्यौदामा विवादमा परेको छ । यसलाई दुष्प्रचार गराउन ठूलै समूह नै लागेको खुलेको छ ।

एसपीपीको नक्कली मस्यौदा बाहिर ल्याइएपनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदाकै बखत तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर एसपीपी साझेदारीका लागि अमेरिकी राजदूतलाई सम्बोधन गरी पत्र लेखेको खुलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot