Logo

तस्करी गरेर ल्याउदै गरेको दुई ट्रक मल धादिङका किसानको कब्जामा



काठमाडौं, असार ५ । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए ।

यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि त्यसको जानकारी किसानसमक्ष पुगे लगत्तै ठूलो संख्यामा आएका किसानले दुवै ट्रकमा रहेका मलका बोरालाई कब्जामा लिएर बाँडेका थिए । किसानले पालैपालो ट्रकबाट बोरा झिक्दै घरतर्फ लगेका थिए ।

मलको अभाव भोगिरहेका किसानले पृथ्वीराजमार्गबीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिब ५ सय जना किसानले मलको बोरा ट्रकबाट निकाल्दै घरतर्फ लगेका हुन् । सरकारले मल अभाव भइरहेको बताइरहँदा भित्रभित्रै तस्करी हुने क्रम बढेको पाइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot