Logo

अफगानिस्तानमा शक्तिशाली भूकम्पः २५० जनाको मृत्यु, कैयौँ घाइते



काठमाडौं, असार ८ । अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्। ती तस्बिरहरू पाक्तिका प्रान्तका हुन्। प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ

दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरदेखि करिब ४४ किलोमिटर टाढा भूकम्पले केन्द्रबिन्दु बनाएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्