Logo

सिद्धु मुसेवालाको हत्यापछि कन्नड अभिनेताको रगतले लतपतिएको शव फेला



एजेन्सी, १० असार । कन्नड उद्योगका उदीयमान कलाकार सतीश वज्राको हालै हत्या भएको छ । ३२ वर्षीय अभिनेताको रगतले लतपतिएको शव उनको फ्ल्याटबाट भेटिएको थियो ।

कोठाबाट रगत निस्किएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । सीसीटीभी क्यामेरामा दुई अज्ञात व्यक्तिले सतीशमाथि धारिलो हतियार प्रहार गरेको स्पष्ट देखिन्छ । सतीशकी श्रीमतीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । बदला लिएर हत्या गरेको आशंकामा प्रहरीले सतीशका जेठानलाई पक्राउ गरेको छ । सेलिब्रेटीको दिउँसो हत्या भएको यो पहिलो पटक भने होइन ।

पञ्जाबी गायक सिद्धु मूसेवालाको मे २९ मा दिउँसो हत्या भएको थियो । सिद्धु आफ्ना केही साथीहरूसँग घरबाट निस्किएका थिए तर बाटोमा एउटा समूहले उनीमाथि गोली चलाएको थियो ।

सिद्धुलाई धेरै गोली लागेको थियो जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा एक दिन अगाडि सिद्धुको सुरक्षामा कटौती गरिएको थियो । गिरोह नेता लरेन्सले उनीहरुको हत्याको जिम्मेवारी लिएका छन्, जो हाल प्रहरी हिरासतमा छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot