Logo

यसरी मनाईयो लागूऔषध दुरूपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (फोटोफिचर)



काठमाडौं, असार १२ । आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस । संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिए अनुसार हरेक वर्षको जून २६ तारिख अर्थात आजकै दिन अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउदै आइएको छ ।

विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउने उद्देश्यले गृह मन्त्रालयले राजधानीमा प्रभातफेरीसहित एक कार्यक्रमको आयोजना गरेको छ। औपचारीका कार्यक्रम अघि भृकुटीमण्डपबाट प्रभात फेरि र्‍याली सुरु भएर राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, प्रहरी महानिरीक्षक धिरजप्रताब सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरु , नायव महानिरीक्षकहरु, मन्त्रालयका उपसचिव लगायतको उपस्थिति रहको थिए।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot