Logo

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानमा क–कस्ले पाए कमाण्डरको जिम्मेवारी



काठमाडौं, १२ असार । अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’अभियानका लागि सात प्रदेश विश्वविद्यालयमा कमाण्डर तोकेको छ ।

क्रान्तिकारीको गत असार ५ गते बसेको बैठकको निर्णयअनुसार ३ महिने अभियानका लागि सात प्रदेशमा इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहने गरी जिम्मेवारी तोकेको हो भने विश्वविद्यालयमा ३/३ वटा कमाण्ड बनाइएको हो ।

बाग्मती प्रदेश ‘क’को इन्चार्जमा क्षितिज सापकोटा र प्रमुखमा कृष्ण न्यौपानेले जिम्मेवारी पाएका छन् भने ‘ख’को इन्चार्जमा राजकुमार यास्को र प्रमुखमा बाबुराम नेपालीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, गण्डकी प्रदेश ‘क’को इन्चार्जमा अच्युत भट्ट, हरि सिग्देल र राजन आले रहेका छन् भने प्रमुखमा नारायण वडाललाई जिम्मेवारी दिइएको छ । ‘ख’को इन्चार्जको इन्चार्जको जिम्मेवारी नरेश रेग्मी र कमल खड्कालाई दिइएको छ भने प्रमुख भने विजय सापकोटा भएका छन् ।

यसैगरी, प्रदेश १ ‘क’को इन्चार्जमा अम्मराज शाही र प्रमुखमा खगेन्द्र सुवेदी, ‘ख’ को इन्चार्जमा सूर्य नारायण शाह, सुमन थुलुङ र प्रमुखमा ताजिम अन्सारीले जिम्मेवारी पाएका छन् ।

मधेश प्रदेश ‘क’ को इन्चार्जमा नारायण खनाल र विश्वमणि थापा, प्रमुखमा प्रभाकर गुप्तालाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेश ‘क’ को इन्चार्जमा प्रविना अधिकारी र प्रमुखमा बिक्रम राना रहेका छन् भने ‘ख’ को इन्चार्जमा गजेन्द्र देव र प्रमुखमा तुल्सिमणि केसी रहेका छन् ।

कर्णाली प्रदेश ‘क’ को इन्चार्जमा मदन भुल र देवीचन्द्र उपाध्याय र प्रमुखमा योगेन्द्र बुढा रहेका छन् भने ‘ख’ को इन्चार्ज तोकिएको छैन । प्रमुखको जिम्मेवारी तिर्शना हमाललाई दिइएको छ ।

विश्वविद्यालयतर्फ पनि तीन वटा कमाण्ड बनाइएकोमा ‘क’को इन्चार्जमा लक्ष्मी जोशी, प्रमुखमा संजय काल्धन, ‘ख’को इन्चार्जमा केशब रावल, प्रमुखमा अनुप पोखरेल र ‘ग’ को इन्चार्जमा मदन भट्टराई र प्रमुखमा उपेन्द्र शाहीले जिम्मेवारी पाएका छन् ।

यो पनि पढ्नुहोस्

अखिल क्रान्तिकारीद्धारा २७ विभाग गठन



प्रतिक्रिया दिनुहोस्

Screenshot