Logo

चीनका लागि नेपाली राजदूत श्रेष्ठलाई राष्ट्रिय व्यवसायी महासंघको बधाई, व्यवसायीले राखे यस्तो सर्त



काठमाडौं, असार १५ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारी र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसंग चीनसँगको व्यापार प्रर्वद्वन तथा समस्याहरुबारे छलफल भएको छ ।

नवनियुक्त राजदूत श्रेष्ठको सम्मानमा बुधबार राजधानीमा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले चीनबाट सामान आयात गर्दा र नेपालबाट चीनमा सामान निर्यातमा भोग्दै आएका समस्याबारे राजदूतलाई जानकारी गराएका छन् ।

महासंघका अध्यक्ष कुमार कार्कीले सदियौंदेखि चल्दै आएको नेपाल–चीन ब्यापार व्यवसायमा २०७२ को भूकम्प पश्चात बिकराल समस्या आएको जनाउदै भूकम्प गएको ७ वर्ष बितिसक्दा समेत समस्याको समाधान नभएकोबारे राजदूतलाई जानकारी गराएका थिए ।

त्यस्तै, कोभिड–१९ ले उद्योगी व्यवसायीको अवस्था थप नाजुक बनाएकाले तत्काल समस्या समाधानका लागि पहल गरिदिनसमेत राजदूत समक्ष उनले आग्रह गरे ।

तिब्बतसंग बस्तु विनिमय प्रणालीबाट सुरू भएको ब्यापार आज चीनको बिभिन्न शहरसँग जोडिएर ब्यापार संचालनमा आएको जनाउँदै महासंघले नेपाली व्यवसायीले अस्थाई पास वा मल्टीपल भिसा नपाउदा ठुलो मारमा पर्दै आएको जनाएको छ ।

रसुवाबाट केरूङ सामान ढुवानी गर्न जाने ट्रक र सामान लोड गर्ने मालधनी वा प्रतिनिधीले केरूङ जाने पास नपाउँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्दै आएको जनाउदै महासंघले केरूङसम्म जाने नेपाली गाडी बाटैमा बिग्रिए वा ठेक्किए चीनतर्फ इन्सुरेन्स नपाइने, सवारी चालक नपाइने, असक्षम चालकलाई व्यवसायीले आफ्नो सवारी साधन र करौडौँको मालसामान जिम्मा लगाउन बाध्यता रहेको जनाएको छ ।

यसले ट्रक व्यवसाय तथा व्यवसायी दुबैको ब्यबसाय धरासाय भएकाले समान धनी केरुङसम्म समेत जानबाट बञ्चित हुँदा कति सामान लोड भयो थाहा नहुने, जस्तो सामान पठाए पनि बुझ्झ बाध्य हुनुपर्ने, हराएको समान थाहा नहुने, भन्सार तिर्नलाई के कति सामान लोड भएको छ सो को विवरण लिनसमेत समस्या रहेको महासंघले जनाएको छ ।
छलफलका क्रममा उद्योगी व्यवसायीका समस्याबारे दुई देशबीचको व्यपार सम्बन्धलाई थप उचाईमा पु¥याउन आवश्यक समाधानमा आफ्नोतर्फबाट सक्दो सहयोग हुने राजदूत श्रेष्ठले आश्वासन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot