Logo

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौं, १६ असार । काठमाडौंको बालाजुमा बुधबार भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो ।

बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोक्किएका थिए ।

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot