Logo

नयाँ पार्टी गठन गरेका वामदेवले भेटे ओलीलाई



काठमाडौं, १६ असार । नवगठित पार्टी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेटवार्ता गरेका छन् । गौतमले यही असार १३ गते आफ्नो नयाँ पार्टी रिपोर्टर्स क्लब नेपालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उनी राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन् ।

उनले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता गराएरै छोड्ने उद्घोष गरेका छन् । सोही उद्देश्यले उनले आज एमाले अध्यक्ष ओलीलाई भेटेको जनाईएको छ । ओली भेट्न गौतम आज विहान बालकोट पुगेका थए । सो क्रममा गौतमले वाम एकताको प्रस्ताव राखेको बुझिएको छ ।

गौतमनिकट नेताले भने,‘हामीले त नेपालका वामपन्थीहरुबीच एकता गर्ने उद्देश्य राखेका छौं । सोहीअनुसार आज संयोजकले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीजीसँग भेट्नुभएको हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्