Logo

कुटनीतिक पत्राचार परराष्ट्रमार्फत गर्न मन्त्रालयहरुको निर्देशन



काठमाडौं, २० असार । कुटनीतिक पत्राचार परराष्ट्रमार्फत गर्न मन्त्रालयहरुले मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

सरकारले कुटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्रबाट गर्न अनिवार्य गरेसँगै मन्त्रालयहरुले मातहतका निकायहरुलाई निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन मन्त्रालयले वैदेशिक एवं कुटनीिितक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्डलगायतलाई निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot