Logo

जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै



काठमाडौं, असार २१ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो ।

भट्टराई र यादव यसअघि नै आपसी सहमतीमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो ।

यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ ।

यादव समूहले मधेस प्रदेशको वीरगन्जमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएपछि भट्टराई समूहले काठमाडौंमा विस्तारित बैठक बोलाएको छ ।

अनुसार भट्टराईले नयाँ पार्टी गठन गरेर जसपाबाटै विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), (महन्थ ठाकुर, राजेन्द्र महतो)सँग पार्टी एकीकरण गर्ने आन्तरिक तयारी रहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot