Logo

अमेरिकी स्वतन्त्रता दिवसमा गोली चलाउने र्यापर भएको खुलाशा



एजेन्सी, २२ असार । अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा भएको स्वतन्त्रता दिवस परेडमा गोली चलेको थियो । यस आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

यस विषयमा संदिग्ध २२ वर्षीय रोबर्ट ई क्रेमोलाई पक्राउ गरिएको थियो। उनीमाथि फर्स्ट डिग्री हत्याको अभियोग लगाइएको छ । क्रेमोविरुद्ध ज्यान मार्ने ७ मुद्दा दर्ता भएका छन् । उनलाई आजीवन कारावासको सजाय हुन सक्ने भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ।

संदिग्ध व्यक्तिले हप्तादेखि आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । आक्रमणको क्रममा उनले महिलाको लुगा लगाएका थिए । उनीसँग बन्दुक चलाउने इजाजतपत्र थियो । गोली हानिएपछि उनी भाग्ने क्रममा थिए । उनले बन्दुक हाने र भीडमा सामेल भए ।

रोबर्ट ई क्रेमोको बारेमा ५ ठूला कुरा बाहिर आएको प्रहरीले जनाएको छ ।

एजेन्सीको अनुुसार क्रेमो एक र्यापर हुन् । शिकागो राजमार्गमा लामो दुरीको पीछापछि प्रहरीले रोबर्टलाई पक्राउ गरेको हो । त्यसपछि उनले आफूलाई संगीतकार भने ।

युट्युब र स्पोटिफाईले उनको भिडियो र गीत हटाएका छन् । उनको सामाजिक सञ्जालका पेज पनि ब्लक गरिएको छ । उनी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा पनि देखा परेका थिए ।

एक भिडियोमा उनले भनेका थिए– मभन्दा इन्टरनेटमा अरुको ध्यान जाँदा मलाई मन पर्दैन । म अरुलाई घृणा गर्न थाल्छु।

एउटा एनिमेटेड म्युजिक भिडियोमा क्रेमोले मानिसहरूलाई गोली हानेको देखिन्छ। यो भिडियोमा गोली चलाएपछि प्रहरीले उनलाई मार्छन् । गीतको शब्द पनि अनौठो छ । यसमा उनी भन्छन्– कहिलेकाहीँ सपनामा बाँचिरहेको छु जस्तो लाग्छ ।
अर्को म्युजिक भिडियोमा उनी हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा उभिएका छन् । उनको छेउमा अमेरिकी झण्डा पनि देखिन्छ । यति मात्र होइन उनी भुइँमा गोली हानेको पनि देखिन्छ । यसमा उनी भन्छन्– मैले यो गर्नुपर्छ । यो मेरो नियति हो।

परेडका क्रममा गोली चलेपछि आतंक मच्चिएको थियो । त्यसपछि प्रहरीले वरपरको क्षेत्र घेराबन्दी गरेको थियो ।
क्रेमोको घरमा यसअघि पनि दुईपटक प्रहरी आइसकेको छ । २०१९ मा उनले आत्महत्या गर्ने प्रयास गरेका थिए । त्यसपछि उनले सबैलाई मार्ने धम्की दिए । त्यसपछि प्रहरी दोस्रो पटक उनको घर पुग्यो । त्यसपछि प्रहरीले उनको घरबाट धेरै चक्कुहरू बरामद गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot