Logo

अर्थमन्त्रीलाई फिर्ता बोलाउन माओवादीलाई प्रदिप पौडेलको आग्रह



काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई माओवादी केन्द्रले फिर्ता बोलाउनु पर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता पौडेलले माओबादीले आफनो मन्त्रीलाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।
नेता पौडेलले तत्काल न्यायिक वा संसदीय समिति गठन गरेर छानबिन गर्न समेत सरकारसँग माग गरेका हुन् ।

सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्ने अर्थ मन्त्रालयलाई जिम्मेवारीबाट उम्किने छुट नभएको उनको भनाई छ। नेता पौडेलले राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्ने बताएका छन् ।

निरन्तर रुपमा चौतर्फी विरोध उठीसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्