काठमाडौं, २२ असार । आफूमाथि छानबिन गर्न संसदीय समिति गठन भएपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । तर, उनको दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व मन्त्री वर्षमान पुनले भने छानबिनको क्रममा निर्दोष साबित भएपछि शर्मा नै पूनः अर्थमन्त्री बन्ने टिप्पणी गरेका छन् ।
उनले शर्माले पदबाट राजीनामा दिएपनि तत्काल कोहीपनि अर्थमन्त्री नबन्ने बताए । आजको प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पुनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘संसदीय समितिले अब छानबिन गर्छ, समितिको छानबिनबाट उहाँ निर्दोष साबित हुनुभयो भने फेरि उहाँ नै अर्थमन्त्री बनेर जानुहुन्छ । अहिले पार्टीबाट कोही पनि अर्थमन्त्री नबन्ने जिकिर गरे । उनले शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको भन्दै प्रशंसा गरे । file photo