Logo

तस्बिर खिच्ने बहानामा शिन्जो आबेमाथि गोली चलाएको आशंका



एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको छ । गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो ।

आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ ।

आक्रमणकारी तस्बिर खिच्ने बहानामा आबेको नजिक आएको विश्वास गरिएको छ। त्यसपछि उनले फायरिङ गरे । आबेलाई पछाडिबाट दुई पटक गोली लागेको थियो। प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारी यामागामी तेत्सुयालाई पक्राउ गरेको छ ।

आक्रमणकारीसँग अहिले सोधपुछ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot