Logo

आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै



काठमाडौं, असार २५ । सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार विहान चुनावी अभियानका क्रमममा गोली प्रहार गरी हत्या गरिएको हो।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दे जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीका अलावा नेताहरुले पनि घटनाको भत्सर्ना गरेका छन् ।आबे जापानको इतिहासमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम उमेर र बढी समय प्रधानमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot